Logo
१३ मंसिर २०८१, बिहीबार
(June 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन तस्करी प्रकरणमा छिरिङ वाङ्गेलद्वारा पनि आत्मसमर्पण

काठमाडौं, २० जेठ : सुन तस्करी प्रकरणमा राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङका सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् ।

आइतबार वाङ्गेल मोरङ जिल्ला अदालतमा उपस्थित भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) मनोज केसीले बताए ।  चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरिङको संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको थियो ।

छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । छानविन समितीले सुन लुटपाटमा संलग्न रहेको भन्दै भुजुङका भाञ्जा नाता पर्ने फाल्दुङ गुरुङलाई पक्राउ गरेको थियो, उनी अहिले पुर्पक्षको लागी थुनामा छन् ।

पाल्दुङ डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक हुन् । भुजुङ गुरुङ्गकै डिजाइनमा छिरीङ वाङ्गेल र उनका चालक फाल्दुङ गुरुङले तस्करीको ३३ किलो सुन पुरानो बानेश्वर र अनामनगर आसपासबाट लुटेको छानविन समितिको निष्कर्ष छ ।

भुजुङको सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले २०६९ सालपछि सुन तस्करीको चेनमा जोडिएका थिए । मोहन कुमार अग्रवाल, पवन अग्रवाल, दरबार मार्ग स्थीत आरके डायमन्डको सञ्चालक राजेन्द्र शाक्य पनि त्यति बेलादेखि नै सुन तस्करीको चेनमा जोडिएका थिए ।

प्रकाशित मिति: Jun 3, 2018

प्रतिक्रिया दिनुहोस्