Logo
११ मंसिर २०८१, मंगलबार
(June 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपिन कार्कीको फिल्म ‘हरि’ शुक्रबारदेखि प्रदर्शनमा आउँदै

काठमाडौँ : विपिन कार्की अभिनित फिल्म ‘हरि’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । विपिनको भनाइ मान्ने हो भने, यो उनले ‘सोचेजस्तै अभिनय गरेको’ फिल्म हो । भनौं, ‘हरि’ मा विपिनले तृप्त हुनेगरी अभिनय गरेका छन् ।

विपिनको बारेमा धेरै भन्नै पर्दैन । आफ्नो चरित्रलाई प्राण दिन मरिहत्ते गर्ने उनी दुर्लभ अभिनेता हुन्, जसले एकपछि अर्को फिल्ममा ‘सरप्राइज्ड क्यारेक्टर’ पेश गरिरहेका छन् । ‘हरि’सम्म त्यो सिलसिला जारी छ ।

फिल्म ‘हरि’मा उनले जिजुबाजेदेखि पनातीसम्मको चार पुस्ते चरित्र निर्वाह गरेका छन् । सम्भवत यो उनको आफैमाथिको प्रयोग पनि हो । सुनिता श्रेष्ठ ठकुरी, कमलमणि नेपाल, थिन्ले ल्हमु आदि बाहेक फिल्मभरी देखिने पात्र ‘हरि’ नै हुन्, रामहरि, कृष्णहरि, शिवहरि, विष्णुहरि ।

विष्णुहरिको अन्तक्रिर्यात्मक कथावाचनसँगै अघि बढ्ने फिल्मले हासो र ठट्टाकै बीचमा जीवन-दर्शनका गहन प्रश्नहरु छेड्छ । ३० बर्षसम्म अविवाहित ‘हरि’, जसलाई समयक्रमले आफ्नो अस्तित्वमाथि औंला ठड्याउने अवस्थामा पुर्‍याउँछ । उनी सर्वाङ्ग हुन्छन् र आफैलाई सोध्छन्, ‘नाख मेरो, मुख मेरो ।

तर, ‘म’ को हो र ?’ कार्यलय र घर भन्दा बाहिरको संसारमा घुलमिल नभएका विष्णुहरिका न साथी छन्, न सत्रु । झट्ट हेर्दा आफ्नै अफिसका सहयोगी आकाश (कमलमणि नेपाल) सँग उनको नोंकझोक देखिन्छ । तर, त्यो मूल द्वन्द्व होइन । मूल द्वन्द्व त उनी आफैभित्र छ ।

आफूभित्र दबिएको बासना, प्यास, मोह, आक्रोशले अन्ततः उसलाई भित्रभित्रै कसरी जलाइरहेको छ भन्ने कुराले कथामा उतार-चढाव ल्याउँछ । कल्पना, सपना, भ्रम आदिको भुलभुलैयामा रुमलिइरहेको जीवनमा केवल दुईवटा सत्य छन्, जन्म र मृत्यू । त्यसबीचमा जे-जति घटनाहरु घट्छन्, ती सबै क्षणिक र अचानक हुने कुरा हुन् ।

फिल्मको सार यत्ति हो । यो फिल्ममा केही प्रयोग गरिएका छन् । बुबाको ज्याकेट लगाएपछि विष्णुहरिमा आउने मानसिक परिवर्तन, आकाशको जुत्ताप्रतिको आशक्ति, बुबाको गाइने साथीको उपस्थिति रोचक मात्र छैन, अर्थपूर्ण पनि । कतिपय पृष्ठभूमिमा छायाँको प्रयोग पनि स्वादिलो छ ।

प्रकाशित मिति: Jun 1, 2018

प्रतिक्रिया दिनुहोस्