Logo
२ मंसिर २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो नेपाल : खोलो होइन, यो हो, काठमाडौंकै ब्यस्त सडक

काठमाडौं : सामान्य पानी परेर पनि राजधानीको टेकुमा बिहीबार सडक नै खोलाको रुप लियो । माथी झोलुंगे पुलबाट हिड्ने बटुवाले समेत तल सडक हो की खोला भन्नेमा कन्फूज थिए ।

अझ रमाइलो त त्यतीबेला देखियो जतिबेला एउटा गाडी नै त्यहाँ गएर फसे । बागमती नदी किनारमा रहेको यो बाटोमा पानी जमेर करिब करिब अवरुद्ध भएको थियो थियो ।

टेकु हुँदै सानेपा जाने यो बाटोमा रहेको झोलुंगे पुल मुनी गाडी फसेपछि आवागमन नै अवरुद्ध हुन पुगेको थियो । बैकल्पिक सडकको रुपमा यो अति व्यस्त हुने सडक हो भने जसमाथि आवागमनका लागि पुरानो झोलुंगे पुल पनि छ ।

बाटोमा जमेको पानीमा गाडी फसेपछि त्यसलाई निकाल्ने चटारो त थियो नै पुलमाथि उभिएर रमिता हेर्नेको पनि ठूलै भीड थियो ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्