Logo
२ मंसिर २०८१, आईतबार
(May 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे ३३ किलो सुन प्रकरणमा एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण

काठमाडौं, १७ जेठ : साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आम्मसर्पण गरेका हुन्।

फरार खत्रीलाई पक्राउ गर्न रेडकर्नर नोटिसमार्फत खोजी भइरहेको थियो ।खत्रीले बिहीबार आत्मसर्मपण गरी मोरङ जिल्ला अदालतमा उपस्थित भएको सुन तस्करी छानबिन गर्न गठित समितिका संयोजक ईश्वरराज पौडेलले बताए ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्री अभियोग लागेपछि फरार थिए । खत्रीलार्इ पक्राउ गरेमा सुन तस्करीका मालिक र गिरोह नै खुल्ने बयान यसअघि पक्राउ मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ले जिल्ला अदालत मोरङमा बयान दिएका थिए ।

गोरेको बयानपछि विमानस्थलबाट एक किलो सुन तस्करी गराउँदा ५ हजार लिने गरेको अभियोग लागेका खत्रीको खोजी लार्इ सरकारद्वा गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेल संयोजकत्वमा गठित विशेष टोलीले गरिरहेको थियो ।

प्रकाशित मिति: May 31, 2018

प्रतिक्रिया दिनुहोस्