Logo
१२ मंसिर २०८१, बुधबार
(May 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकीकृत वस्ती र प्रदेश नं ३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

काठमाडौँ : अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण ग¥यो ।एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार समाहित एकीकृत वस्ती निर्माण गर्न खोजिरहेको छ । यस योजनालाई अघि बढाउन काठमाडौँ महानगरपालिका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय उपभोक्ताबीच त्रिपक्षीय सम्झौताको तयारी भइरहेको बताइएको छ ।

अभियानका संयोजक मचाराजा महर्जनले नरदेवीमा बनाउन खोजिएको एकीकृत वस्तीको योजना र अहिलेसम्म भएका काम कारवाहीबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए प्रत्युत्तरमा मुख्यमन्त्री पौडेलले एकीकृत वस्तीबारे विस्तृत योजना, लागतका साथै त्यसमा स्थानीय जनताको पूरापूर सहमति भए यस्तो योजनालाई परिणाममुखी बनाउन सकिने वचन दिएका थिए ।

अधिकारकर्मी मल्लले ऐतिहासिक आधार एवं पुष्ट्याइँ र जनभावनाको कदर हुने गरी प्रदेश नं ३ को नामकरण गर्ने काममा मुख्यमन्त्रीको सकारात्मक पहलकदमीका लागि आग्रह गरेका थिए । मुख्यमन्त्री पौडेलले नामकरणको विषयमा प्रदेशसभाकै निर्णय सर्वोपरी हुने भएकाले उसैको जिम्मामा छाड्नु पर्ने धारणा व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा प्रदेश नं ३ का सांसद वसन्त मानन्धर र नेवाः जागरण मञ्चका संयोजक सुजीव बज्राचार्य पनि सहभागी थिए।

प्रकाशित मिति: May 28, 2018

प्रतिक्रिया दिनुहोस्