नेकपाले लियो प्रदेश-२ सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेकपाले समर्थन फिर्ता लिएसँगै संसद समेत अबरुद्ध पारेको छ । अब सत्तारुढ दलका रुपमा संघीय समाजवादी फोरम र राजपा छन् । उनीहरुको बहुमत छ । साथै एक स्वतन्त्र सांसद फोरममा प्रवेश गरेका छन् भने एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ ।
आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरेसँगै उनी बोल्न पाएनन् । जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको भन्दै समर्थन फिर्ता लिएको नेकपाका संसदहरुले बताए ।
साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनीहरुको आरोप छ ।