Logo
९ मंसिर २०८१, आईतबार
(May 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्पो खुकुरी मार्सल आर्टस्को दश सदस्यीय कार्यसमिति गठन

बनेपा : नेपाल केन्पो खुकुरी मार्सल आर्टस् संघको ३ नं प्रदेश समितिको साधारण सभाले मुक्ति विष्टको अध्यक्षतामा दश सदस्यीय कार्यसमिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा राजकुमार पराजुली र दीपेन्द्र घिमिरे, महासचिवमा रमेश खतिवडा, कोषाध्यक्षमा कृष्णप्रसाद सापकोटा तथा सदस्यहरुमा कृष्णहरि दाहाल, राजेन्द्र ओली, लक्ष्मी श्रेष्ठ, सन्दीप ढकाल र राजेश थिङ चयन हुनुभएको छ ।

सभा शुभारम्भ गर्दै पूर्वमन्त्री एवं प्रदेश नं ३ का सांसद राजेन्द्र पाण्डेले खेल स्वस्थ जीवन र राष्ट्रको पहिचान भएकाले यसको जगेर्ना र प्रवद्र्धनको आवश्यकता रहेको बताउनुभयो । अर्का प्रदेश सांसद वसुन्धरा हुमागार्इंले प्रदेश सरकार खेलप्रति सकारात्मक रहेकाले मार्सल आर्टस्को प्रवद्र्धनमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष पूर्ण पाण्डेले केन्द्रीय संघ गाउँ, नगर, जिल्ला हुँदै प्रदेशस्तरमा संघ गठन भइरहेको र केही समयभित्र नेपालमा २५ देशका खुकुरी मार्सल आर्टस्का प्रतिनिधिको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिनुभयोे ।
स्थानीय बेथानचोक खेलकूद विकास समितिले आयोजना गरेको ‘प्रथम बेथानचोक कप पुरुष भलिबल प्रतियोगिता–२०७५’ शनिबारदेखि शुरु भएको छ । समितिले आयोजना गरेको प्रतियोगितामा काभ्रेपलाञ्चोकबाट ११ समूह र ललितपुर जिल्लाबाट दुई समूह गरी १३ वटा समूहको सहभागिता रहेको छ ।

प्रतियोगिता शुभारम्भ गर्दै नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबल खेल विकसका लागि आफ्नोतर्फबाट जनुसुकै समयमा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रतियोगिता यही जेठ १५ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ३० हजार, दोस्रोलाई रु २० हजार र तेस्रोलाई रु सात हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । (रासस)

प्रकाशित मिति: May 27, 2018

प्रतिक्रिया दिनुहोस्