Logo
१२ मंसिर २०८१, बुधबार
(May 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा

 काठमाडौं: चेन्नाई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै चेन्नाई फाइनलमा पुगेको हो ।

चेन्नाई आईपीएलको फाइनलमा पुगेको यो सातौं पटक हो । हैदरावादको भने जारी सिजनमा लगातार चौथो हार हो ।

वानखेडे मैदानमा १४० रनको विजय लक्ष्य चेन्नाईले १० ओभर १ बलमा ८ विकेट गुमाएर भेटायो । चेन्नाईको जितमा फाफ डु प्लेसीले सबैभन्दा धेरै ६७ रन बनाए । उनले यस सिजनमा आफ्नो पहिलो अर्धशतक बनाए । ओपनर डुप्लेसीले ९ ब्याट्समानसँग साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । कार्लोस ब्रेथवेटले ४३ रन बनाए । बलिङतर्फ ड्वेन ब्राभोले दुई विकेट लिए ।

चेन्नाईको तीन विकेट ३।४ ओभरमा २४ रन बनाउँदा नै गुम्यो । त्यसपछि राशिद खानले महेन्द्रसिंह धोनी र ड्वेन ब्राभोलाई पनि आउट गरे । सन्दिप शर्माले रविन्द्र जडेजालाई ३ रनमा र दीपक चाहरलाई १० रनमा पेभेलियनको बाटो देखाइदिए ।

शून्य रनमै गुम्यो चेन्नाइको पहिलो विकेट चेन्नाईको पहिलो विकेट शून्य रनमै झरेको थियो । भुवनेश्वर कुमारले शेन वाटसनलाई शून्य रनमा आउट गरिदिए ।यसैगरी सिद्धार्थ कौलले लगातार दुई बलमा सुरेश रैना र अम्बाती रायडुलाई बोल्ड गरे ।

पहिले व्याटिङ गरेको हैदरावादको शुरुआत खराब थियो । दीपक चाहरले म्याचको पहिलो बलमै शिखर धवनलाई शून्य रनमा बोल्ड गरे । विलियम्सनले पहिलो ओभरमा चाहरकै बलमा तीन चौका प्रहार गरेका थिए । त्यसपछि ४।२ ओभरसम्म ३६ रनमा हैदरावादले तीन विकेट गुमायो ।

प्रकाशित मिति: May 23, 2018

प्रतिक्रिया दिनुहोस्