Logo
१ मंसिर २०८१, शनिबार
(May 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन प्रकरण छानबिन समितिको म्याद २५ दिन थप

काठमाडौं  : सुन प्रकरण छानबिन समितिको म्याद २५ दिन थप भएको छ। साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या छानबिन गर्न गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान टाेलीकाे म्याद  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा थप गरेको हो ।

‘अनुसन्धानका केही गम्भीर पक्ष अधुरै रहेकाले त्यसलाई पूरा गर्न थप समय आवश्यक देखिएको हो’, गृह स्रोतले भन्यो, ‘सरकारले दिएको निर्देशन बमोजिम कसैको दबाबमा नपरी समितिले स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक तथ्य आधारित भएर छानबिन गर्नेछ ।’

प्रकाशित मिति: May 21, 2018

प्रतिक्रिया दिनुहोस्