Logo
१ मंसिर २०८१, शनिबार
(May 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्रु कोच्ने २ सय माइक्रो र टेम्पो ‘अन द स्पट’ कारवाहीमा

काठमाडौं, ६ जेठ : ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार ट्राफिक प्रहरीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र टेम्पोलाई ‘अन द स्पट’ कारवाही गर्न निर्देशन दिएका थिए ।

त्यसैअनुरुप ट्राफिकले आइतबारबाट अभियान थालेको हो । आइतबार मात्रै काठमाडौं उपत्याकाभित्र मनलाग्दी यात्रु कोचेर गुडेका झण्डै २ सय सार्वजनिक सवारी कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका सह-प्रवक्ता मुकुन्द मरासिनीकाअनुसार सबैलाई पहिलोपटकका लागि ५ सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ । अपरान्हसम्ममा नै १८९ गाडी कारवाहीमा परेका थिए ।

यो अभियानले पाकेटमारी नियनत्रण र सार्वजनिक यातायातमा हुने यौनजन्य दुब्र्याबहारको घटनामा पनि कमी ल्याउने विश्वास छ ।

सार्वजनिक यातायातलाई सभ्य र मर्यादित बनाउन यो महत्वपूर्ण हुने अपेक्षा छ । यो अभियानले दुर्घटना पनि कम गर्ने सहप्रवक्ता मरासिनी बताउँछन् ।

प्रकाशित मिति: May 20, 2018

प्रतिक्रिया दिनुहोस्