Logo
१ मंसिर २०८१, शनिबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ८६ भारतीय सेनाको कमाण्डो टोली नेपालमा

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही बैशाख २८ गते शुक्रबार र २९ गते शनिबार हुन लागेको भ्रमणमा सुरक्षाका लागि भारतीय सेनाको कमाण्डो टोली नेपाल आएका छन् । सुरक्षा प्रबन्ध मिलाउन भन्दै टोली नेपाल आएको हो। भारतबाट ८६ जनाको कमाण्डो टोली नेपाल आएको हो । ८६ जनाको सुरक्षा कमाण्डो टोलीमध्ये २५ जना जनकपुर, १५ जना मुस्ताङ र बाँकी काठमाडौँमा रहेका छन् ।

टोलीले प्रधानमन्त्री मोदी आउने जनकपुर, काठमाडौँ र मुस्ताङको सुरक्षा व्यवस्थाको अनुगमन गरिरहेको गृह मंत्रालयले जनाएको छ ।जनकपुरमा मात्रा मोदीका लागि सात हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । पाँच घेरा गरेर प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था मिलाइएको छ ।

भारतीय वायुसेनाको विमानमार्फत् २५ जनाको कमाण्डो टोली  जनकपुरमा सुरक्षा व्यवस्थाबारे काम गरिरहेको नेपाल प्रहरीका डिआइजी ठुले राईले बताए। भ्रमणको समयमा मोदी चढ्ने बुलेट प्रुफ गाडी समेत भारतबाटै आइसकेको छ । मंगलबार बिहान भारतीय वायुसेनाको विमानबाट दुई वटा बुलेट प्रुफ कार ल्याइएको हो ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्