Logo
१२ मंसिर २०८१, बुधबार
(May 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कार गर्ने एक युवकलाई आठ वर्ष कैद फैसला

भक्तपुर : चौध वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजाय सहितको फैसला गरेको छ । बालिका बलात्कार गर्ने सिन्धुली दुधौली नगरपालिका–५ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१ वर्षीय विशाल सुनच्यौरीलाई जिल्ला अदालत भक्तपुरले आठ वर्ष कैद सजायको फैसला सुनाएको छ।

अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासैनीको एकल इजलासले कैद फैसलाका साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत रु एक लाखको क्षतिपूर्ति भराउने फैसला भएको जानकारी दिए । कक्षा ९ मा अध्ययनरत बालिकालाई सुनच्यौरीले २०७४ साल साउन २ गते राति करीब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो ।

बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको सोही दिन घर पुगेपछि बालिकाले आमालाई बताएकी थिइन् । परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी बृत्त थिमिको टोलीले सोही दिन सुनच्यौरीलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति: May 9, 2018

प्रतिक्रिया दिनुहोस्