Logo
११ कार्तिक २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चोटग्रस्त भएर पनि च्याम्पियन्स लिग फाइनलका लागि फिट हुने रोनाल्डोको आश

यो सिजनको अन्तिम एल क्लासिको अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियोनो रोनाल्डो चोटग्रस्त भए । बार्सिलोनासँगको २-२ को बराबरीको खेलमा रोनाल्डोले टिमका लागि पहिलो हाफमा पहिलो बराबरी गोल गरे । त्यही गोल गर्ने क्रममा उनको गोलीगाँठोमा चोट लागेको हो ।

उनको पाइताला बाङ्गिएकाले गोलीगाँठोमा समस्या देखिएको हो । उनको गोलीगाँठोको स्क्यान गर्नु पर्नेछ । तर उनी लिभरपुलसँगको च्याम्पियन्स लिग फाइनलका लागि भने फिट हुने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । चोट त्यस्तो गम्भीर नरहेको र आफू रोनाल्डोको फिटनेशलाई लिएर चिन्तामा पनि नरहेको उनले बताएका हुन् ।

३३ वर्षका रोनाल्डो १४ औँ मिनेटमा टिमका लागि पहिलो गोल गर्ने क्रममा चोटग्रस्त भएका हुन् । तर उनले पहिलो हाफ पूरै खेले । दोस्रो हाफमा उनी मैदान बाहिर आए । बार्सिलोनासँगको खेलपछि प्रशिक्षक जिदानले भने, ‘हामी फाइनलमा रोनाल्डोको फिटनेशलाई लिएर चिन्तामा छैनौँ ।

उनी अहिले केही असजिलोमा छन्, तर यो ठीक हुन्छ । यो खराब क्षण मात्रै हो । कति दिन मैदान बाहिर रहन्छ म भन्न सक्दिन ।’ रियल मड्रिड लगातार तेस्रो सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि उचाल्नका लागि प्रयासरत छ । रोनाल्डोले ला लिगामा यो सिजन २५ गोल गरिसकेका छन् ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्