Logo
११ कार्तिक २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोलुखम्बुमा लेक लागेर एक जापानीको मृत्यु

विराटनगर: सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ ।

खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो । सगरमाथा आरोहणका लागि उहाँ गत वैशाख १४ गते काठमाडौँस्थित नेपाल एक्प्लोरेसन प्रालिमार्फत आएका थिए ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्