Logo
११ कार्तिक २०८१, आईतबार
(May 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन

अमेरिका: अमेरिकाको कोलोराडो राज्यमा नेपालीको साझा सामुदायिक भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले वैशाख १५ गतेदेखि २२ गतेसम्म भएको सप्ताहमा करीब रु छ करोड संकलन भएको छ । सप्ताह वाचन प्रवीण गुरु दीनबन्धु पोखरेलले गर्नुभएको थियो ।

नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले दिएको जानकारीअनुसार जम्मा पाँच लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सहयोग संकलन भएको हो ।

अमेरिकाको विभिन्न भागमा आफ्नो सामुदायिक भवन निर्माण कार्यको अग्रसरता बढेसँगै कोलोराडो निवासी नेपालीले समेत सप्ताहको आयोजना गर्दै रकम संकलन गरी भवन निर्माणको कार्यको शुरुवात गरेका छन् ।

प्रकाशित मिति: May 7, 2018

प्रतिक्रिया दिनुहोस्