Logo
११ कार्तिक २०८१, आईतबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला पक्राउ

काठमाडौँ: नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ ।

सिटौलालाई भृकुटीमण्डपबाट प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको हो । सादा पोशाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुको हिरासतमा राखेका छन् ।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनका लागि जाँदै गरेको अवस्थामा प्रहरीले सिटौलालाई पक्राउ गरेको हो ।

उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् । उनी माओवादी निकट व्यवसायी हुन् ।

सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्