Logo
११ कार्तिक २०८१, आईतबार
(May 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको सबैभन्दा ठूलो फिल्म बन्यो ‘रेस ३’

एजेन्सी, मुम्बई: बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘रेस ३’ यतिबेला निकै चर्चामा छ । यो फिल्म यस वर्ष प्रदर्शनमा आउन लागेका ठूला फिल्मको लिस्टमा सामेल छ । यसको कारण यस फिल्ममा सलमान हुनुको साथसाथै फिल्ममा जोडिएका अन्य कलाकार पनि हुन् ।

खासमा, ‘रेस ३’ मा सलमानका अलावा ज्याकलीन फर्नान्डिज, डेजी शाह, बोबी देओल, साकिब सलीम र अनिल कपूर जस्ता स्टार्स देखिँदैछन् । यस फिल्मले प्रदर्शन अगावै १९० करोडको कमाई गरेको छ ।

मिडियाको खबरलाई आधार मान्ने हो भने ‘रेस ३’ का प्रोड्यूसर रमेश तौरानीले यस फिल्मको थिएट्रिकल राइट्स इरोज इन्टरनेशनललाई १९० करोडमा बेचेका छन् । यो सलमानको पहिलो फिल्म हो जसको थिएट्रिकल राइट्स सबैभन्दा महँगो मूल्यमा विक्रि भएको छ ।

यसअघि उनको फिल्म ुटाइगर जिन्दा हेु को थिएट्रिकल राइट्स १३० करोडमा बेचिएको थियो र फिल्मले बक्सअफिसमा ३३० करोडको कारोबार गरेको थियो ।

रमेश तौरानीले ‘रेस ३’ को राइट्स बेच्नका लागि यश राज फिल्म, एनएच स्टूडियो, फोक्स स्टार स्टूडियो जस्ता ठूला स्टूडियोजलाई अप्रोज गरेका थिए तर अन्ततः इरोज इन्टरनेशनल स्टूडियोले फिल्मको राइट्स १९० करोडमा किनेको छ ।

सलमान खान अहिले यस फिल्मको लास्ट शेड्यूलको छायांकन गरिरहेका छन् । रेमो डीसूजाको निर्देशनमा बनेको यो फिल्म यस वर्षको ईदमा रिलिज हुँदैछ ।

प्रकाशित मिति: May 4, 2018

प्रतिक्रिया दिनुहोस्