Logo
११ कार्तिक २०८१, आईतबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व मजदुर दिवसका अवसरमा पदयात्रा, महानगर मजदूरमैत्री नीति ल्याउने तयारीमा

विराटनगर : एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मंगलबार विराटनगरमा पदयात्रा निकालिएको छ ।ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।सभामा नेपाल ट्रेड युनियन काँग्रेस १ नं प्रदेशका सचिव सुुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्