Logo
११ कार्तिक २०८१, आईतबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिल शर्मालाई सुधार गृहमा राखेर उपचार गरिँदै

एजेन्सी: चर्चित कमेडी किंग कपिल शर्माको स्वास्थ्य बिग्रिदै गएपछि सुधार गृहमा राखेर उपचार थालीएको छ । हालैमात्र एक अनलाईनका सम्पादक विकी लालवानीसँग पनि मदिराको नशामा कपिलले अभद्र भाषाको प्रयोग गरेका थिए । यो विषयमा कपिलले आफ्ना पूर्व मेनेजर नीति र प्रीतिमाथि आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएर आफ्नो भनाइ पनि सार्वजनिक त गरे तर औधी रक्सी पिउने र मानसिक समस्याका कारण उनको स्वास्थ्य थप प्रतिकुल बन्दै गएको बताइन्छ ।

कपिलको मानसिक अवस्था र उनको रक्सी पिउने बानीका कयौं किस्सा सार्वजनिक भइसकेका छन् । गत वर्ष कपिलले मदिरा सेवन गरी आफ्ना सहकर्मी साथी सुनील ग्रोवरलाई अपशब्द प्रयोग गरेका थिए । त्यसपछि पनि यस्ता धेरै काण्ड बाहिर आएका छन् ।

स्रोतका अनुसार कपिल मुम्बई भन्दा बाहिर कुनै रिह्याब सेन्टरमा उपचार गराइरहेका छन् । यद्यपी यो समाचारको आधिकारिक पुष्टि भने भएको छैन । यस विषयमा भारतीय मिडियाले बुझ्न खोज्दा उनको फोन स्विच अफ भएको पाइयो ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्