Logo
१ मंसिर २०८१, शनिबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मे’ दिवसका अवसरमा प्रधानमन्त्रीले गरे विश्वका सम्पूर्ण श्रमजीवीलाई सम्बोधन

काठमाण्डौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । मजदूर दिवसको उपलक्ष्यमा मंगलबार दिएको एक सन्देशमा प्रधानमन्त्रीले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले दिएका योगदानप्रति उच्च सम्मान प्रकट गरे ।

प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको उनले बताए ।
नेपाली युवा श्रमिकको अवस्थाप्रति सरकार सम्वेदनशीेल रहेको बताउदैँ श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्या्दित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको पनि उनले उल्लेख गरे ।त्यसैले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका लागि सदुपयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको र सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध रहेको उनले बताए ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्