Logo
११ कार्तिक २०८१, आईतबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तरुण दलले नेपालभरि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ: नेपाल तरुण दलले जिल्ला र स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

चैत २५ देखि वैशाख १३ गतेसम्म सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको तरुण दलले आगामी जेठ ५ गतेदेखि ७७ वटै जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले जेठ ५ गते सबै जिल्लामा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम, जेठ १२ गते सम्पूर्ण महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा प्रशिक्षण र चैत १९ मा सम्पूर्ण वडामा प्रशिक्षण दिन लागेको जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा सहभागी हुन तरुण दलले सम्पूर्ण गाउँ, नगर तथा जिल्लाका तरुणलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्