Logo
११ कार्तिक २०८१, आईतबार
(May 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेन्द्र सिंह धोनीको चेन्नइ सुपर किंग्स आइपिएलको शीर्षमा ,सन्दीप लामिछानेको टोली पुन पराजित

दिल्ली :नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली डेयरडेभिल्स आइपिएलमा पुन पराजित भएको छ। सोमबारको खेलमा महेन्द्र सिंह धोनीको चेन्नइ सुपर किंग्ससँग दिल्ली १३ रनले हारेको हो।
८ खेल खेलेको दिल्ली ६ मा हार र २ मा जितसहित अंकतालिकाको पुछारमा छ।

चेन्नाइले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रनमै समेटिएको थियो। दिल्लीका रिषभ पन्तले ४५ बलमा ७९ तथा विजय शंकरले ३१ बलमा ५४ रनको पारि खेलेका थिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइका लागि शेन वाट्सनले ४० बलमा ७८ र धोनीले २२ बलमा ५१ रनको विस्फोटक पारि खेलेका थिए।

प्रकाशित मिति: May 1, 2018

प्रतिक्रिया दिनुहोस्