Logo
१२ मंसिर २०८१, बुधबार
(April 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै कोलकाता

रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको पाँचौ स्थानमा उक्लिएको छ।

एम चिन्नास्वामी क्रिकेट स्टेडियममा बेंग्लोरले दिएको १७६ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर भेटाएको थियो । कोलकाताको जितमा क्रिस लियनले अविजित ६२, रोविन उथप्पाले ३६, सुनील नारायणले २७ तथा कप्तान दिनेश कार्तिकले २३ रन जोडेका थिए । बेंगलोरका मोहमद सिराज र मुगुरान आश्विनले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १७५ रन बनाएको थियो । बेंग्लोरको लागि कप्तान विराट कोहलीले अविजित ६८ रन जोडे । त्यस्तै ब्रेनडन म्याकुलमले ३८ तथा क्विनटन डी ककले २९ रन जोडे । कोलकाताको आन्द्रेस रुसेलले ३ विकेट लिदा कुलदिप यादवले १ विकेट लिए ।

यो जितसँगै कोलकाताले ८ खेलबाट ८ अंक जोडेको छ। पराजित बेंगलोर ४ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: Apr 30, 2018

प्रतिक्रिया दिनुहोस्