Logo
११ कार्तिक २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयले सूर्य टोबाकोलाई कारबाही गर्ने तयारी

काठमाडौं: स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र सूर्य टोबाको कम्पनीलाई कारबाही गर्ने भएको छ ।

सूर्य टोबाकोले ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न अटेर गरेपछि सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको हो । सूर्य टोवाको कम्पनीले नेपाल सरकारको ऐन तथा ऐन तथा निर्देशिका पूर्णरूपमा पालना गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

अरू कम्पनीले कानुन पालना गर्न हुने, सूर्यले नहुने के कारण हो, ४ वर्ष बित्दा पनि किन कानुन पालना भएन, कसले संरक्षण गरेको छ, एक साताभित्र कारणसहित कारबाही प्रक्रियामा ल्याउछौं, उनले भनिन्, ‘मन्त्रालयले उक्त कार्यान्वयन गर्न सूर्य टोबाकोलाई पटकपटक जानकारी गराउँदा पनि नियम पालन नगरेकाले मन्त्रालयले एक साताभित्र कारबाही गर्न तयारी गरेको हो । सरकारले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र अङ्कित गर्नुपर्ने वाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको ४ वर्ष बित्दा पनि सूर्य नेपालले कार्यान्वयनमा अटेरी गर्दै आएको उनले बताइन् ।

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ देखि निर्देशिका बनाइ कार्यान्वयनमा ल्याएको थियो। स्वास्थ्य राज्यमन्त्री अर्यालले सूर्तिजन्य पदार्थको करमा पनि वृद्धि गर्न तयारी थालेको जानकारी दिइन् ।मन्त्रालयले त्यसका लागि चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको र छिटै अर्थ मन्त्रालयमा पठाइने बताइन् । सरकारले हाल चुरोट तथा सूर्तीजन्य पदार्थमा २८ प्रतिशत मात्र कर लगाउदैँ आएको छ जुन दक्षिण एशियामै सबैभन्दा कम हो ।

दक्षिण एसियाभरिमै नेपालमा सूर्तीजन्य पदार्थको कर निकै कम लगाइएको छ, किन त्यस्तो रु हामीले कर किन नबढाउने भनेर ७० प्रतिशत कर लगाउने प्रस्ताव अर्थ मन्त्रालयमा जान्छ,’ उनले भनिन्। सूर्तिजन्य पदार्थको सेवनले बर्सेनि हजारौं मान्छेको ज्यान गएको भन्दै त्यसलाई रोक्न सरकारले कडाई गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्