Logo
१२ मंसिर २०८१, बुधबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रियल म्यड्रिड र लेगानेस बीच रियल को जित

काठमाडौं: खेल सकिएपछि खेलाडीलाई रेडकार्ड सुन्दा र पढ्दा अचम्म लाग्नसक्छ । तर शनिबार राति स्पेनिस ला लिगाको एक खेलमा यस्तै भएको छ ।

शनिबार राति उपाधि होडबाट बाहिरिसकेको रियल म्यड्रिड र लेगानेसबीच प्रतिस्पर्धामा थिए । खेल सकिएपछि लेगानेसका खेलाडीले रेड कार्ड पाए । खेल सकिएको सिठी बजाएको विरोधमा रेफ्रीलाई दुर्व्यवहार गरेका लेगानेसका कप्तान ग्याब्रिएलले रेडकार्ड पाएका हुन् ।

प्रतियोगितामा आफ्ना प्रमुख खेलाडीहरुबिनै मैदान उत्रिएको रियलले लेगानेसलाई २–१ ले हराएको छ । खेलको अन्तिम समयतिर लेगानेस आक्रामक रुपमा प्रस्तुत भएको थियो । त्यहीबेला रेफ्रीले खेल सकिएको संकेतस्वरुप लामो सिटी बजाएका थिए ।

यो म्याचमा रियलका क्रिस्टियानो रोनाल्डो, सर्जियो रामोस र मार्सेलो खेलेनन् । उनीहरुलाई मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल लेगका लागि विश्राम दिएको बताइएको छ ।जितसँगै रियल म्यड्रिड दोश्रो स्थानको एथ्लेटिको म्यड्रिडभन्दा एक अंकले पछि छ ।रियलको ३४ खेलमा ७१ अंक भएको छ भने समान खेल खेलेको एथ्लेटिको म्यड्रिडको ७२ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको भने ८३ अंक छ । लिगमा बार्सिलोनाले आइतबार राति डिपोर्टिभोसँग खेल्दैछ ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्