Logo
११ कार्तिक २०८१, आईतबार
(April 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ ८ गते बाट प्रदर्शन मा आउने ‘नाईं नभन्नू ल ५’

काठमाण्डौ: बिहीवार राजधानीमा सम्पन्न ‘छैठौँ एनएफडिसी अवार्ड’ मा सहभागी हुन मुम्बईबाट काठमाडौं आएकी अभिनेत्री निरुता सिंहको नेपाल बसाई दुई दिन लम्बिएको छ । उनी शुक्रवार दिउँसो भारत फर्किने तयारीमा थिइन् ।

लामो समयदेखि अभिनयबाट टाढा रहेकी निरुतालाई एक फिल्मबाट अफर आएको छ, जसका कारण उनी थप दुई दिन काठमाडौंमा नै बस्दैछिन् । ‘नाईं नभन्नू ल ५’ बाट उनलाई अभिनयको अफर आएको हो । यसमा उनले बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निर्वाहा गर्दैछिन् ।

निर्देशक तथा निर्माता विकासराज आचार्यले फिल्मीखबरसँग कुराकानी गर्दै फिल्ममा निरुताको भूमिका राम्रो रहेको बताए । उनी भन्छन्, ‘शनिवार विहानबाट काठमाडौंमा सुटिङ सुरु हुनेछ । यही फिल्मका लागि निरुताजीले दुई दिन समय छुट्याउनु भएको छ ।’

लामो समयदेखि छोटै भएपनि राम्रो भूमिका पाएको खण्डमा फिल्ममा काम गर्ने निरुताले बताएकी थिइन् । बुझिएअनुसार, ‘नाईं नभन्नू ल ५’ को स्क्रिप्ट उनलाई औधि मन परेको छ । यो फिल्मको अझै एक गीत खिच्न बाँकी छ । भदौ ८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको लिड रोल छ ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

प्रकाशित मिति: Apr 29, 2018

प्रतिक्रिया दिनुहोस्