Logo
११ कार्तिक २०८१, आईतबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसमा एक बरिष्ठ उपसभापति सहित ४ उपभासपति राख्ने आन्तरिक तयारी

काठमाडौं, १४ बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी जम्बो हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जम्बो पदाधिकारी मनोनित गर्ने तयारी गरिरहेको कांग्रेस निकट उच्च स्रोतले जनाएको छ । तर यसको लागि अब बस्ने महासमिति बैठकबाट उनले विधान संशोधन गर्नेसम्मको तयारी थालेका छन् ।

१ जना बरिष्ठ उपसभापतिसहित ४ उपभासपति राख्ने देउवाको आन्तरिक तयारी रहेको छ । त्यस्तै उनले महामन्त्री पनि ४ जना राख्ने मनशाय बनाएका छन् । पदाधिकारीको लागि थुप्रै शीर्ष नेताहरु आकांक्षी देखिएपछि सभापति देउवाले उनीहरुको व्यवस्थापनका लागिपनि पदाधिकारी जम्बो बनाउन लागेका छन् । त्यस्तै सह–महामन्त्री पनि ७ जना राख्नेगरि देउवाले आफू निकटका नेताहरुसँग छलफल चलाएका छन् ।

छरिएर रहेका लोकतान्त्रिक शक्तिसँग एकता गर्ने भन्दै देउवाले केन्द्रिय समितिको सदस्य संख्या पनि बढाउने भएका छन् । देउवा निकटका नेता गोपालमान श्रेष्ठले दिएको जानकारी अनुसार कांग्रेस केन्द्रिय सदस्य अब १५० सम्मको राखिनेछ । ‘त्यसको लागि अहिले छलफल भैरहेको छ’ उनले भने ।

यता, केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले आज उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आज नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे।

बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने आश्वासन निर्वाचनअघि नै सभापति शेरबहादुर देउवाले बताए। गच्छदारअघि बोलेका नेता श्रेष्ठले पनि उपसभापतिमा आफ्नो दावी पेश गरेका थिए । समीक्षासम्बन्धी बैठक निरन्तर जारी छ । बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्