Logo
११ कार्तिक २०८१, आईतबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपन्यासमा आधारीत चलचित्र ‘दासदेव’ चाडै नै हुदैँछ रिलीज

निर्माता निर्देशक सुधीर मिश्राले ‘दासदेव’ फिल्म बनाएको छ । छिटै नै रिलीज भइरहेको फिल्ममा देवको जर्नी दासबाट देव बन्ने सम्मको कुरालाई दर्शाइएको छ । अदिति राव हैदरी, ऋचा चड्ढा ,सौरभ शुक्ल, राहुल भट , विनीत सिंह, विपिन शर्माले यस फिल्ममा अभिनय गरेका छन् । यस चलचित्रमा राजनितीक परीवेश पनि समावेश गरिएको छ ।

भारतको बंगाल राज्यका उपन्यासकार सरत चंद्र चट्टोपाध्यायले करीब १०० बर्ष पहिला सन् १९१७ मा रोमान्समा आधारित एक उपन्यास लेखेका थिए । जसको नाम ‘देवदास’ रहेको थियो । पछि फिल्ममेकर्सहरुले उक्त उपन्यासमा आधारीत बिभीन्न १६ भाषामा चलचित्र बनाए ।

जसको नाम ’देवदास’ राखिएको थियो । यसमा एल सहगल, दिलीप कुमार, शाहरुख खान र अभय देओल जसतो कलाकाहरुले देवदासको अभिनय गरेका थिए । हरेक पटक उपन्यासमा तीनजना मुख्य भुमिकामा रकेका हुन्छन् । जसमा देवदास, पारो र चंद्रमुखी सहभागी थिए ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्