बैशाख २३ मा संसद् अधिवेशन गर्न सरकारको सिफारिस
काठमाडौ, १४ वैशाख : सरकारले संसद अधिवेशन बैशाख २३ गते अाव्हान गर्न राष्ट्रपति समक्ष सिफरिस गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले बैशाख २३ गते आइतबार ४ बजे संसद बैठक बाेलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो ।
सञ्चार राज्यमन्त्री गाेकुल बाँसकाेटाकाअनुसार मन्त्रिपरिषदले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ । यसैगरी आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय भएकाे छ।
यस्तै वीरगञ्जस्थित एकीकृत एकीकृत भन्सार चेकपोस्ट (आईसीपी) को भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेकाे छ।