Logo
११ कार्तिक २०८१, आईतबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनमोहनको बाटाेमा नहिड्ने एमाले नेता कम्युनिष्ट हुनै सक्दैन : ओली

काठमाडौं, १३ बैशाख : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन भण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

‘हामी स्पष्ट उद्देश्यका साथ देशलाई अगाडि बढाउन लागि रहेका छौं।’ ओलीले भने, ‘स्पष्ट उद्देश्यका साथ देशलाई विकासको बाटोमा डोर्‍याउन सके नेपालको कम्युनिस्ट आन्दोलन सार्थक हुनुका साथै मनमोहनप्रति सच्चा श्रद्धाञ्जलि हुने छ।’ ओलीले अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताए।

‘मनमोहनको चाहना त्यतिबेला नै एकीकृत कम्युनिष्ट पार्टी बनाउनु रहेको थियो’, ओलीले भने, अहिले हामी सोही पथमा जुटेका छौं। ओलीले माओवादी केन्द्रसँग एकता हुन्छ की हुँदैन भन्ने आशंका नगर्न आग्रह गर्दै ढीलो चाडो पार्टी एकता भएरै छोड्ने बताए। कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. ढाकाराम सापकोटाद्वारा लिखित ‘मनमोहन अधिकारी : नेपाली राजनीतिमा ६ दशक’ नामक पुस्तकको विमोचन गरे।

पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै मनमोहन राजनीतिमा सक्रिय थिए। भारत छोड आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए। सोही क्रममा उनको भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क हुन पुग्यो र उनी कम्युनिष्ट पार्टीमा संगठित हुन पुगे। राजनीतिक संघर्षकै क्रममा उनी १७ वर्ष जेल परेका थिए । अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए।विक्रम संवत १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्