Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गएराति साहित्यकार प्रधान ८३ बर्षको उमेरमा निधन

बागलुङ : साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ । ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो ।

साहित्यकार प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए । उनका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए ।

साहित्यकार प्रधानले कालिदासले रचना गरेको ‘मेघदूत’ को नेपाली अनुवादसमेत गरेका छन् । प्रधान बागलुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष समेत थिए । स्व प्रधानको सोमबार कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । उनका तीन श्रीमती, सात छोरा र चार छोरी रहेका छन् ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्