Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तरकारीवालीले अभिनय गरेको चलचित्र ‘लम्फू’ बैशाख २८ गतेदेखि प्रदर्शनमा

काठमाण्डौँ : गोपालचन्द्र लामिछाने द्धारा निर्दे्िशत चलचित्र ‘लम्फू’को प्रोमो सार्वजनिक गरिएको छ । बैशाख २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको बिहिबार ट्रेलर सार्वजनिक गरिएको थियो । यस फिल्ममा नायकहरुलाई मात्रै बढी फोकस गरिएको छ भने प्रोमोमा नायिकाहरुका केहि झलक मात्रै देखाइएको छ । यस चलचित्रमा तरकारीवाली भनिने कुशुम श्रेष्ठले पनि अभियन गरेकी छिन् । चलचित्रमा कुशुमको पनि छोटो भूमिका रहेको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतले अभिनय गरेका छन् ।

‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रका लेखक भुपति रहेका छन् भने दिपक बज्राचार्यको छायांकन र सम्पादन भने हरि सिलवालको रहेको छ । यस चलचित्रको कस्ट्युम डिजाईनर भने पुनम गौतम रहेकी छिन् । चलचित्रमा रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी छ भने अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्