Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी तेस्रोपटक नेपाल आउने

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तस्रोपटक नेपाल आउने भएका छन् । भारत स्थित प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार उनी यहि बैशाख २८ गते नेपाल आउने लगभग तय मानिएको छ ।

तर नेपाल स्थित कुनै सरकारी निकायले भने यसको पुष्टि गरेको छैन । यद्यपी नेपाल स्थित भारतीय दुतावसका अनुसार बिगतमा तय रहेको तर हुन नसकिएको जनकपुर भ्रमण र मुक्तिनाथ भ्रमण गर्नुहुनेछ ।

साथै नेपाल सरकारले अन्य सरकारी कार्यक्रमहरु पनि तय गर्ने भनिएको छ । मोदीका स्वकीय सचिव ओपी सिंहका अनुसार नेपाल सरकार र भारत सरकारबीच परामर्समा कार्यक्रमको तालिका बनाउने कार्य भइरहेको छ ।

तर उनले अरु कुरा बताउन चाहेनन् । सबै किसिमको तालिकाहरु तय भएपछि त्यसको औपचारिक जानकारी गराइने उनले बताए ।

भारतको एक निजि अखबार हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमणमा आउने समाचार लेखेको छ । तर, परराष्ट्रका अधिकारीहरु भने मे ११ मा नभई मे २५ मा मोदीको भ्रमणको तयारी भइरहेको बताउँछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मे २० देखि २५ वीचमा भ्रमणको मिति तय हुन सक्छ । मोदीको समयको चापलाई हेरेर मिति तय गर्ने गृहकार्य भइरहेको छ ।

भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

 

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्