Logo
१ मंसिर २०८१, शनिबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्सि छुटाउन मद्धत गर्ने ज्वानोले स्वास्थ्यको लागी निकै नै लाभदायक

ज्वानो घरमा कोही सुत्केरी भएको समयमा झोल खुवाउनको लागी प्रयोग गर्छौं । यसको प्रयोग हामी स्वास्थ्यमा आउने भिन्न समस्याहरुको समधान गर्नको लागी औषधीको रुपमा पनि प्रयोग गर्न सक्छौं । ज्वानोको सही तरिकाले प्रयोग गर्न जान्ने हो भने यो हाम्रो स्वास्थ्यको लागी निकै नै लाभदायक हुनसक्छ ।

ज्वानोले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१. पेट दुखाईलाई आराम : ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

२. सर्दीलाई फाइदा : सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

३. दमलाई आराम : दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुर्याउँछ ।

४. मधुमेह नियन्त्रण : १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

५. रक्सी छुटाउन : ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ । ६। हैजामा ज्वानो स् हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।

६. मिर्गौलामा हुने पत्थरीलाई सहयोग : ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु(याउँछ ।

७. तौल घटाउन मद्धत : ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपार्इँको तौल घटाउनमा समेत सहयोग पु(याउँछ ।

८. पेट फुल्ने रोग र वायुविकारमा ज्वानो : वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्