Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन प्रदर्शन

कठमाडौँ :विभिन्न जातीय संघ, संगठनमा आबद्ध नेता, कार्यकर्ताले शुक्रबार काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गर्दै आफूहरुको सांस्कृतिक पर्वहरुको विदा कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् ।

आदिवासी, जनजातिहरुले सांस्कृतिक पर्वहरुको विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै सरकारबिरुद्ध प्रर्दशन गरेका हुन् । त्यसक्रममा उनीहरुले आफूहरुको सांस्कृतिक पर्वको विदा कटौती गर्ने निर्णय फिर्ता नलिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

सरकारले भने सांस्कृतिक पर्वलगायतका सार्वजनिक विदा कटौति गर्ने निर्णयको आदिवासी, जनजातिहरुले विरोध गर्दै आएका छन ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्