Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्राधिकरणका दुई कर्मचारी घुसहित अख्तियारको फन्दामा

महोत्तरी : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् ।

थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्