Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निष्क्रिय जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गरिदै

काठमाडौं : निष्क्रिय बस्ने जलविद्युत् आयोजनाको लाइसेन्स सरकारले खारेज गर्ने तयारी गरेको छ ।

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले अब विद्युतको लाइसेन्स झोलामा राखेर बस्ने दिन समाप्त भएको बताउँदै त्यस्ता लाइसेन्स खारेज गर्ने तयारी भएको बताए । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले भने,‘५ वर्षदेखि लाइसेन्स ओगटेर बसेका कम्पनीहरुको सूची तयार पार्ने काम भइरहेको छ, खारेज गरिन्छ ।’

‘विद्युतको लाइसेन्समा विकृति देखिएको छ, अब त्यसको अन्त्य गर्ने पर्ने समयमा आएको छ,’ मन्त्री पुनले भने, ‘लाइसेन्स अब वैज्ञानिक र काम गर्नेले मात्र पाउँछ ।’ विगतमा लाइसेन्स लिने तर काम नगर्नेहरुको खोजी मन्त्रालयले गरिरहेको र त्यसको विस्तृत विवरण छिटै सार्वजनिक हुने पुनले बताए ।

‘लगानी गर्नेसँग लाइसेन्स छैन, गर्न नसक्नेले होल्ड गरेको छ,’ पुनले भने, ‘यस्तो अवस्था अन्त्य नगरी देश समृद्धितर्फ अघि बढ्दैन । ५ वर्ष उनीहरुलाई तालिका बनाएर समय दिइन्छ, काम द्रुत गतिमा सुरु नगरे खारेज हुन्छ ।’
लाइसेन्समा टेन्डर गर्ने वा के गर्ने भन्ने विषयमा कानुनसम्मत निर्णय हुने उनले बताए ।

लाइसेन्स लिने काम सामान्य गर्ने गरेर यस क्षेत्रमा विकृति देखिएकोले त्यसलाई अन्त्य गरिने पुनको भनाइ छ ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्