लैङ्गिक हिंसा र बलात्कार विरुद्ध विभिन्न पेशामा आवद्ध युवाहरुको खबरदारी अभियान
काठमाडौं : वलात्कारविरुद्धको खबरदार ¥याली नयाँबानेश्वरदेखी शुरु भइ माइती मण्डलामा कोणसभामा परिणत भइ सम्पन्न भएको छ । सो ¥यालीमा नागरिक समाज, कलेज–स्कूलका विद्यार्थी, स्वास्थ्यकर्मी, समाजसेवी, राजनितीकर्मी, युवा लगायत विभिन्न पेशा आवद्ध करिब ३०० जना व्यक्तिहरुको उपस्थिति थियो ।
‘यो दिनादिनै बढदै गएको सांघातिक र निन्दनीय कार्यलाई सरकारले कडाइकासाथ लागू गर्नुपर्ने’ संस्थाका सल्लाहकार सुभाषचन्द्र विराजीले विचार व्यक्त गरे । लैङ्गिक हिंसा, बलात्कार विरुद्धको खबरदारी आफैबाट गर्नुपर्ने तर्क संस्थाका सदस्य उस्मिता थापाले व्यक्त गरेको कुरा संस्थाका उपाध्यक्ष कुमार भास्करले जानकारी गराए ।
सक्षम फाउण्डेशन नेपालले बैशाख १ गते आयोजना गरेको सो ¥यालीमा संस्थाका अध्यक्ष डा. सिके सिंहले ‘कुनै पनि बलात्कार गर्ने अपराधीलाई उम्किन नदिन कानून कडाइका साथ लागू गर्नुपर्ने’ तर्क राख्दै ¥याली कार्यक्रम सम्पन्न गरे ।सक्षम फाउण्डेशन नेपाल समाजसेवा र समाजमा व्याप्त विकृति उन्मुलन, स्वाथ्य शिविर, दैवी प्रकोप लगायतका समस्याहरुमा सशक्तरुपमा कार्यगर्ने संस्था हो ।