Logo
७ कार्तिक २०८१, बुधबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको ओलीको अर्को भ्रमण गृहकार्यका लागि परराष्ट्रमन्त्री चीन जाँदै

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी हप्ता चीन भ्रमणमा जाँदैछन् ।पहिलो भ्रमण चिन नभए पनि ओली भारत जानुभन्दा पहिला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल ल्याउने प्रयास पनि ज्ञवालीले गरेका थिए ।

मन्त्री ज्ञवाली यसअघि पनि प्रधानमन्त्री ओलीको भ्रमण भारतभन्दा पहिला चिनतिर हुनुपर्ने पक्षमा थिए । अहिले दुवै मुलुकवीच विगतमा भएका सहमति/सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समिक्षा गर्न र उच्च स्तरिय भ्रमणको तयारीका लागि उनी बेजिङ जान लागेका हुन् ।

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेका हुन् । मन्त्री ज्ञवाली चार दिने भ्रमणको कार्यतालिका तय गरेर चिन जान लागेका हुन् । भ्रमणका क्रममा उनले चिनिया प्रधानमन्त्रीसँग पनि भेट्ने बताइएको छ ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्