Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होसियारः आँखामा यस्ता समस्या देखिन आएमा चस्मा प्रयोग गरौं ।

शरीरको महत्वपूर्ण अंग मध्ये आँखा भएकोले आधुनीक जिवनशैली, धुलोधुवाँ, अस्वस्थकर खाना,मोबाईल तथा कम्प्युटरमा धेरै समय बिताउने बानी जस्ता कारणले आँखामा अनेकौं समस्या देखिन सक्छ बिस्तारै आँखाको ज्यातीमा कमजोरी हुने हेर्दा पोल्ने दुख्र्ने आदि समस्या देखिन थाल्छ यी समस्या आएमा चिकित्सकको परामर्श एबं चस्मा प्रयोग गर्नुपर्ने अवस्था हुन्छ

किताब पढ्दा, टिभी हेर्दा वा लगातार कम्प्युटरमा काम गर्दा टाउको आँखा दुख्न सक्छ यस्तो समस्या भएमा तत्काल चिकित्सककहाँ जाँच गर्न पुग्नुपर्छ यस्तो अवस्थामा चस्माको जरुरत पनि पर्न सक्छ

कतिपयलाई रातको समय आँखामा थकान महसुस हुने, भारी हुनेजस्ता समस्या निम्तिने गर्छ यस्तो अवस्थामा आँखालाई चस्माको अवश्यकता परेको हुन सक्छ त्यसैले चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ

कदम टाढा रहेको व्यक्ति तथा वस्तु चिन्न नसक्ने, झुन्ड्याइएका साइनबोर्ड पढ्न नसक्ने समस्या भएमा पनि चस्माको आवश्यकता पर्न सक्छ

लाइट तथा कुनै वस्तुलाई नजिकबाट हेर्दा धेरै बेर सम्म धब्बा आँखा अगाडी देखिएमा

कतिपयलाई आँखाबाट पानी बग्ने तथा चिलाउने समस्या हुन सक्छ नियमित यस्तो समस्या भएमा चस्मा लगाउनुपर्छ

चम्किलो लाइट हेर्दा आँखामा पीडा महसुस भएमा पनि चस्मा प्रयोग गर्नुपर्ने हुन सक्छ

टाढा वा नजिकका वस्तुलाई डबल देख्न थाल्नुभयो भने पनि बुझ्नुपर्छ कि आँखामा समस्या यो आँखाको दृष्टि कमजोर भएको लक्षण हो यस्तो अवस्थामा पनि चस्मा लगाउनुपर्ने हुन सक्छ

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्