Logo
१० मंसिर २०८१, सोमबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १ गतेदेखि शेयरमा लगानी गर्नेले अनिवार्य स्रोत खुलाउनुपर्ने

काठमाडौँ : धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ । सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ ।

बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ बोर्ड बैठकद्वारा विहिवार पारित गरेको जनाएको छ । बोर्डका प्रवक्ता निरज गिरिले नयाँ निर्देशिका कार्यान्वयनमा आए लगत्तै शेयर लगानीमा अदृश्य लगानी कडाइ हुने बताएका छन् ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सो निर्देशिका कार्यान्वयनमा ल्याउन लागेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

नयाँ निर्देशिकामा सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डको पालना र अनुशरण गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यससम्बन्धी कसुरको अनुसन्धानमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने विषय समेटिएको छ ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्