Logo
७ कार्तिक २०८१, बुधबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपराष्ट्रपति पुनले गरे मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा

सिन्धुपाल्चोक : उपराष्ट्रपति नन्दबहादुर पुनले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थ्रु भएको औपचारिक घोषणा गरेका छन् । घोषणाको निम्ती पुन र खानेपानीमन्त्री विना मगर सुरुङ मार्गको सिन्धु अडिट पुगेका थिए । उपराष्ट्रपति पुनले सुरुङ भित्र रिवन काटेर ब्रेक थ्रुको औपचारिक घोषणा गरे ।

सो क्रममा उपराष्ट्रपति, मन्त्री सरकारका उच्च अधिकारीले सिन्धुदेखि अम्बाथान सम्मको साढे सात किलोमिटर सुरुङ सवारी यात्राद्वारा छिचोले । ‘महान योजना सफल हुने संघारमा छ’, अम्बाथान अडिट निस्केपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपराष्ट्रपति पुनले भने ।

राजधानीवासीको खानेपानी समस्या दीर्घकालिन रुपमा हल गर्न मेलम्ची नदीबाट यो सुरुङ हुँदै पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आपूर्ति गरिनेछ । मेलम्चीको पानी काठमाडौँ ल्याउने साढे २७ किलोमिटर लामो अम्बाथान–सुन्दरीजल सुरुङ प्राविधिक रुपमा भने मंगलबार दिउँसो नै ब्रेक थ्रु भएको थियो ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्