Logo
३० कार्तिक २०८१, शुक्रबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खनालद्वयले सम्हाले कार्यभार : नेपाल प्रहरीका सर्वेन्द्र र सशस्त्रका शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सर्वेन्द्र र शैलेन्द्र दुवैलाई मंगलबार सरकारले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।

गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । खनालद्वयले बिहीबारै आफ्नो कार्यभार सम्हाल्नेछन् । नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएका छन् ।

नेपाल प्रहरीका वर्तमान अर्याल र श्रेष्ठसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी), ९ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहित एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले अवकाश पाएका छन् ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्