Logo
९ मंसिर २०८१, आईतबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा कर सङ्कलनका लागि विशेष एजेण्डा आवश्यक

काठमाडौं : कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ ।

विकास पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको संघीयतामा ‘वित्त व्यवस्थापनः कस्तो हुनुपर्छ’ विषयमा विश्लेषक डा. खिमलाल देवकोटाले स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन कर असुल गर्न विशेष रुपमा लाग्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “दिगो शान्ति, सुशासन र समृद्धि नै देशको लक्ष्य रहेको हुनाले त्यसको लागि पनि स्थानीय तह मजबुत हुनुपर्ने खाँचो देखिन्छ ।”

मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले स्थानीय तहले जनताले आशाअनुरुप विकास गर्न नसक्नुका प्रमुख कारण ऐन कानून, कर्मचारी, भौतिक संरचनाको अभाव रहेको औँल्याउनुभयो ।

मञ्चका सचिव चनद्रमणि भट्टराईले प्रदेश र स्थानीय तहको सहकार्य भएमा मात्र नागरिकले आशा गरेअनुरुप विकासले गति लिन सक्ने बताउनुभयो । कार्यक्रममा सहभागीले आगामी दिनमा बजेट ल्याउँदा स्थानीय तहको भौगोलिक बनाबट र जनसंख्या र विकासको गतिको आधारमा हुनुपर्ने बताए ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्