Logo
७ कार्तिक २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुस् : हामीले प्रयोग गर्ने भाँडा-बर्तनबाटै यस्तो रोग लाग्न सक्छ

हामीले पकाउने भाँडा वर्तन, खाना पस्कने थाल आदि कुन धातुले बनेको हो र ? कस्तो अवस्थामा छ रु भन्ने कुराले स्वास्थ्यसँग सरोकार राख्छ । सामान्यतः हामी स्टील, एल्मुनियम, कपर, फलाम, सिसा, ननिस्टिक आदिको प्रयोग गर्छौ । हामीले हेक्का नराखेको कुरा हुनसक्छ, हामीले प्रयोग गर्ने भाँडावर्तनको सोझो असर हाम्रो स्वास्थ्यमा पर्छ ।भनिन्छ, कुनैपनि धातुको भाडावर्तनको प्रयोग गर्दा त्यो तत्व हाम्रो शरीरमा पुग्छ । यसले राम्रो वा नराम्रो प्रभाव पार्न सक्छ ।

एल्मुनियम

यो एकदमै लोकप्रिय छ । किनभने यसको प्रयोग एकदमै सजिलो छ । हल्का हुन्छ । सफा गर्न पनि सहज हुन्छ । तर, केहि अध्ययनले बताएको छ कि, कतिपय अवस्थामा यो रोग पनि कारण बन्न सक्छ ।

– यदि मस्तिष्कमा एल्मुनियमको स्तर अधिक छ भने, त्यसले अल्जाइमर, पार्किसन्स वा मस्तिष्कसम्बन्धी अन्या खतरा रहनसक्छ ।

– यो कुरा त्यसमा पनि निर्भर गर्छ कि, खाना कति समयसम्म उक्त भाडामा पकाइयो वा भण्डारण गरियो ।

– एल्मुनियमामा खाना पकाउनुअघि सावधानी अपनाउनुपर्छ । किनभने यो धेरै रिएक्टिभ मेटल हो ।

प्लाष्टिक

– जब खानेकुराको सवाल छ, प्लाष्टिकको सेवन सकेसम्म नगनु नै उत्तम हो ।

– हार्ड प्लाष्टिकमा बीपीए हुन्छ, जो एक किसिमको टक्सिन हो ।

– बैज्ञानिकका अनुसार बीपीएको सम्बन्ध क्यान्स, इम्युन फङ्सनमा गडबडी, अर्ली प्यूबर्टी, ओबेसिटी, डाइबिटीज, हाइपर एक्टिभिटीसँग हुन्छ ।

– प्लाष्टिको भाँडा बर्तन प्रयोग गर्दा त्यसको माध्यामबाट बीपीए हाम्रो शरीरमा पुग्छ ।

– हालै बीपीए फ्रि प्लाष्टिक त आएको छ । तर, यसमा पनि सिन्थेटिक केमिकल्स हुन्छ ।

– माइक्रोवेभमा प्लाष्टिकको प्रयोग नगरौ । यहाँसम्म कि माइक्रोवेभ पनि सुरक्षित छैन ।

– फ्याटी, ग्रीसी वा एसिडिक फूड प्लाष्टिकमा स्टोर नगरौं ।

ननस्टिक

– यो अहिले निकै लोकप्रिय छ । तर, यसको अधिक प्रयोग स्वास्थ्यका लागि राम्रो मानिदैन ।

– ननस्टिक कोटिङ पिएफओए बन्छ । यो मानव शरीरका लागि क्यान्सरयुक्त हुन्छ ।

– त्यसैले ननस्टिकलाई ओभरहिटिङबाट बच्नुपर्छ ।

– अध्ययनबाट के थाहा भएको छभ ने, ननस्टिक भाँडामा ओभरहिटिङबाट जुन धुँवा निस्कन्छ, त्यसले पंक्षीको ज्यान जान्छ । यसले हाम्रो शरीरमा असर नगर्ने कुरै भएन ।

कपर

– कम मात्रामा कपर हेल्दी मानिन्छ । तर, अधिक भएमा यो विषाक्त हुन्छ ।

कुकिङको लागि सेफ अप्सन

– सबैभन्दा राम्रो हो स्टेनलेस स्टील, सिसा, फलाम वा सिरामिक । यसको प्रयोग गरौं ।

– फलाम र माटोको भाँडावर्तन सबैभत्दा हेल्दी मानिन्छ । फलाम अर्थात आइरन शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । यसले रेड ब्लड सेल्स निर्माणका लागि आवश्यक मानिन्छ । हुन त यसको अधिकतम सेवन पनि राम्रो मानिदैन । यद्यपी धेरैजसोमा आइरनको कमी नै हुन्छ ।

– सेरामिक र ग्लास कुकवेयर पनि सुरक्षित मानिन्छ । यो सफा गर्न पनि सहज हुन्छ ।

– यसमा ध्यान राख्नुपर्ने चाहि के छ भने ग्लेज्ड सेरामिक वा ग्लासमा केहि सूक्ष्म तत्वको प्रयोग हुन्छ । जस्तो शिसा, पिग्मेन्ट, क्यडमियम, जो शरीरको लागि हानिकारक हुन्छ । खानासँगै यो शरीरमा जाने संभावना हुन्छ ।

– अहिले सिलिकन कुकवेयर पनि निकै लोकप्रिय छ । खासमा यो सिन्थेटिक रब हो, जसमा बान्डेड सिलिकिन (प्राकृतिक तत्व, जो ढुंगामा प्रचुर मात्रामा पाइन्छ० र अक्सिजन हुन्छ ।

स्टोरेज सेफ बर्तन

– हाइ एसिडिक फूड्सलाई स्टेनलेस स्टिलको भाँडामा स्टोर नगरौं ।

– खानेकुरा भण्डारणको लागि काठको भाँडा एकदमै राम्रो अप्सन हो ।

खतरा कसरी कम गर्ने ?

– एल्मुनियमको बर्तनलाई लामो समयसम्म खाना स्टोर नगरौं ।

– अनकोटेड कपरको बर्तनलाई कुकिङमा प्रयोग नगरौं ।

– जुन बर्तन स्क्र्याच हुन्छ, त्यो प्रयोग नगरौं ।

– लामो समयसम्म एउटै भाँडावर्तन प्रयोग नगरौं ।

– त्यो प्लाष्कि बाउल्स माइक्रोवेभ प्रयोग नगरौं, जसमा माइक्रोसेफको लेबल लगाइएको हुँदैन ।

– सिलिकन कुकवेयरलाई पनि हाइ टेम्प्रेचरमा प्रयोग नगरौं ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्