Logo
७ कार्तिक २०८१, बुधबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्इ देशकाबीचमा रहेका भ्रमहरू प्रधानमन्त्रीको भ्रमणले अन्त्य : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे भारत भ्रमणले धेरै भ्रमहरू चिर्ने काम गरेकाे बताएका छन् ।

सार्वाधिक चर्चित दैनिक अखवार नयाँ पत्रिकाकाे न्युजरूममा आयोजित छलफलमा परराष्ट्रमन्त्री ज्ञवाली लामाे समयदेखि दुर्इ देशकाबीचमा रहेका कयाैँ भ्रमहरू प्रधानमन्त्री अाेलीकाे भ्रमणले अन्त्य गरेकाे बताएका हुन् ।

नेपाल पूर्णरूपमा भारतमा अात्मनिर्भर रहेकाे, नेपाल र भारतबीच समानताकाे सम्बन्ध नरहेकाे जस्ता विषयलार्इ यसपटककाे भ्रमणले चिरेकाे उनले स्पष्ट पारे ।

‘प्रधानमन्त्री केपी शर्मा अाेलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भएका दुर्इवटै छलफलमा स्पष्ट रूपमा कुराहरू राख्नुभएकाे छ,’ मन्त्री ज्ञवालीले भने, ‘यसपछि दुर्इ देशकाबीचमा रहेका लामाे समयदेखिका भ्रम चिर्न सफल भएकाे छ ।’

 

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्