Logo
२८ पुस २०८१, आईतबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई सातामा एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्नेछ : सभामुख महरा

काठमाडौं : सभामुख कृष्णबहादुर महराले सरकारलाई संसदप्रत्ति उत्तरदायी बनाउने प्रयास शुरु भएको बताएका छन् ।यसका लागि दुई सातामा एक पटक प्रधानमन्त्रीले र एक सातामा दुई मन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था पनि गर्न लागेको उनले जानकारी दिए ।

संसदीय मामिलामा समाचार लेख्ने पत्रकारसँग बुधवार अन्तक्रिया तथा भेटघाट गरेका सभामुख महराले जनताका आवाज संसद मार्फत प्रतिनिधित्व हुने हुँदा सरकारलाई जवाफदेही बनाउन लागेको बताए । विगतमा राजनीति घटनामा अल्झने गरेको संसदमा अब भने राजनीतिक विषयमा कम छलफल हुने उनले बताए ।

प्रतिनिधि तथा राष्ट्रियसभाले संयुक्त रूपमा कार्य गर्नु परेकोले संसद नियमावली बन्न ढिलो भएको उनको भनाई छ ।जेठको १५ मा बजेट आउने भएकोले त्यसको दुई साता अघि देखि संसद शुरु हुने सभामुख महराले बताए । संसदको लागि अधिकतम विधेयक मन्त्रालयबाट मगाउने काम भइरहेको उनले बताए ।

सभामुख महराले संसदीय समिति सकेसम्म कम गर्ने प्रयत्न हुने बताए । प्रदेश सरकारका लागि आवश्यक कानुन नबनेकाले अन्यौल पैदा भएको उनको भनाई थियो । सभामुख महराले आगामी दुई वर्षमा संसद्को भवन बन्ने गरी प्रक्रिया अघि बढेको बताए । सिंहदरवारकै पुतलीबगैंचामा संसद्को लागि उपयुक्त स्थान छनोट भएको उनले बताए ।

उनले सभामुखमा निर्वाचित भएपछि माओवादीबाट राजीनामा गरेको बताए । तर, स्वीकृति भए नभएको जानकारी नभएको बताए । सभामुख महराले सभामुखका रूपमा सन्तुलित भूमिका निर्वाह गर्ने जनाए । अन्तक्रिया कार्यक्रममा संसदिय रिपोर्टिङका क्रममा भएका समस्या पत्रकारले सभामुखलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्