राजविराजमा लुटेराहरुको विगविगी, आज फेरी दुई लाख लुटियो
राजविराज : सप्तरी राजविराजबाट मंगलवार साँझ एक व्यक्तिको साथबाट रु दुई लाख लुटिएको छ । राजविराज नगरपालिका–७ खर्सालटोल बस्ने रमेश यादवले आफ्नो मामाघर मदन नगरमा जाँदै गर्दा ब्यागमा राखिएको रु दुई लाख अज्ञात समूहले लुटेर भागेको पीडितले जनाएको छ ।
यसैबीच रकम लुटेर भाग्ने व्यक्तिको खोजी कार्य तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् ।
यसैगरी सदरमुकाम राजविराजमा रकम लुट्ने क्रम बढ्दै गएको छ । केही दिनअगाडि राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र विभिन्न मनी ट्रान्सफरबाट ग्राहकले विदेशबाट आएको पैसा निकालेर घरतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले विभिन्न समयमा रकम लुट्ने गरेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएको छ ।