Logo
१२ मंसिर २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै टिम चौराह डिपिएल फाइनलमा

कैलाली :  काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै टिम चौराह धनगढी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको क्वालिफायरमा काठमाडौं गोल्डेन्सले दिएको १ सय २८ रनको सामान्य लक्ष्य धनगढीले १९.५ बलमा ९ विकेटको क्षतिमा भेट्टायो । धनगढीका लागि रोहन मुस्तफाले २० बलमा ३३ रनको सर्वाधिक इनिङ खेले । त्यस्तै शंकर रानाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन बनाए । शंकर खेलकाे म्यान अफ दि म्याच भए ।

निकै रोमाञ्चक बनेको खेलमा धनगढीलाई जितका लागि अन्तिम बलमा १० रन आवश्यक थियो। अन्तिम ओभरको बलिङ गर्न आएका काठमाडौंका रासिद खानले २ विकेट लिएपनि जित दिलाउन सकेनन् । अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको समयमा समशेद शेखले १९.५ ओभरमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्च जित दिलाए ।काठमाडौंका लागि सन्नी पटेल, रासिद खान र सहाब आलमले समान दुई–दुई विकेट लिए। त्यस्तै सुबोध भाटी र ललित राजवंशीले एक–एक विकेट लिए ।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर पहिला व्याटिङ गरेको काठमाडौं गोल्डेन्सले २० ओभरमा ९ विकेटल १२७ रन बनायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन बनाएका थिए । उनले २३ बलमा ३ चौंका र २ छक्का प्रहार गरे । त्यस्तै अमित श्रेष्ठले ३८ बलमा २ चौंका र १ छक्काको मद्दतमा ३६, पुष्प थापाले नटआउट १६ र भुपेन्द्र थापाले १० रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन जोडन सकेनन् ।

सुरुवातमै २ विकेट गुमाएर दवावमा आएको काठमाडौंका लागि कप्तान मल्लले टिमको स्कोर केही उकासेपनि त्यसपछि आएका खेलाडी लगातार आउट भएपछि काठमाडौं सस्तैमा समेटियो । लिग चरणमा सबै ५ खेल जितेर उच्च मवोवलका साथ क्वालिफायर खेल खेलेको काठमाडौंले आज भने सोचे अनुसारको खेल खेल्न सकेन् । बलिङतर्फ धनगढीका कप्तान सोमपाल कामीले र ललित भण्डारीले दुई–दुई तथा सुनिल धमला, समशेद शेख र रोहन मुस्तफाले एक–एक विकेट हात पारे । पराजित भएपनि काठमाडौंले फाइनलमा प्रवेशका लागि अर्को मौका पाएको छ । आजै हुने महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको टोलीसँग काठामाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्