Logo
७ कार्तिक २०८१, बुधबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रजनन स्वास्थ्य सम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने : राज्यमन्त्री अर्याल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्य सम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएका छन् । महिला, कानून र विकास मञ्चले मंगलबार आयोजना गरेको ‘प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक’ माथि छलफल कार्यक्रममा उनले महिलाको प्रजनन अधिकारलाई ऐनले अझ बढी संरक्षण गर्ने बताएका छन् ।

उनले विधेयकको मस्यौदा चाँडै बनाउन निर्देशन दिएको भन्दै अब संसद् चल्नेबित्तिकै पेश गर्ने बताएका छन् । कार्यक्रममा मन्त्रालयका निमित्त सचिव सुशील प्याकुरेलले महिलाका प्रजनन अधिकारलाई बढी सुनिश्चित हुने तरिकाले विधेयक तयार भइरहेको र सबैको सुझावका आधारमा विधेयकको मस्यौदालाई अन्तिम रुप दिन थालिएको जानकारी दिएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयका उपसचिव विनिता भट्टराईले सुरक्षित गर्भपतन र मातृत्व तथा परिवार नियोजनको अधिकारलाई स्थापित गराउने गरी विधेयक बनाइनुपर्ने बताए ।

मञ्चका अध्यक्ष मीरा ढुंगानाले महिलालाई उचित क्षतिपूर्तिका साथ विधेयक बनाउनुपर्ने बताए । संविधानको धारा ३८ को २ ले महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारका रुपमा लिएको छ । विधेयकमा प्रजनन अधिकार हनन भएको अवस्थामा क्षतिपूर्तिसमेतको व्यवस्था समेट्न थालिएको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्